दोलखा ३०, बैशाख – दोलखाको वैतेश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ को स्थिति तनावपूर्ण बनेको छ ।
बुथ कब्जा गर्ने प्रयास भएपछि ढुङ्गामुढा र झडपको अवस्था भएको हो ।
अवस्था तनावपूर्ण बनेपछि तीनवटै वडामा मतदान हुन नसकेको बैतेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले जानकारी दिनुभयो ।
अवस्था नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी परिचालन गरिएको र थप सुरक्षाकर्मी गइरहेका उहाँले बताउनुभयो । अवस्थालाई नियन्त्रणमा लिएर मतदान सुरु गर्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।
स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । वैतेश्वर कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । एमाले कार्यकर्ताले बुथ कब्जा गर्न खोजेको आरोप छ ।

प्रतिक्रिया