काठमाडौ २९, बैशाख – भोलि हुने स्थानीय निकाय निर्वाचनमा सवारी चलाउन पत्रकारहरुले निर्वाचन आयोगबाट पास लिनु नपर्ने भएको छ ।

सूचना बिभागबाट जारी भएको पासधारीलाई अन्य पास नचाहिने  निर्वाचन आयोगले  बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

आयोगले उक्त निर्णय गरेपनि निर्णय सार्वजनिक नहुदा पत्रकारहरु अन्यौलमा परेका थिए । आज साझ बिज्ञप्ति जारी गर्दै मतदानको दिन नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीहरुका हकमा त्यस्ता सञ्चारकर्मीले  प्रयोग गर्न सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने ।

तेस्तै  प्रेस पास नभएका सञ्चारकर्मीहरुको हकमा सम्बन्धित सवारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले सवारी अनमुतिपत्र जारी गर्न सक्ने जनाएको छ ।