छिरिङ आले (टुकुन)

ओखलढुंगा मानेभञ्ज्याङ  गाउँपालिका १ नेकपा माओवादिबाट वडाध्यक्षको उम्मेदवारी दिएका सुजन रुम्दालीले मानेभञ्ज्याङ १ माेलिको विकास नयाँ ढंगले गर्ने उद्घोष गरेका छन् । जसको नीति उसैको नेतृत्व गाउँ नगर घर घर जाउँ माओवादी केन्द्र लाई विजय गराऔं भन्ने अभियानका साथ रुम्दाली लागि परेका छन् । रुम्दालिले नेकपा माओवादिकाे अघिल्लो कार्यकालमा कोरेको विकासको खाका अधुराे रहेकाेले यसपालि नागरिकलाई नयां विकासकाे उपहार दिने बताउदै जित पक्का भएकाेले मानेभञ्ज्याङ माेलि १ लाई नयां ढंगबाट समृद्द बनाएरै छाड्ने उद्घोष गरेका हुन् । साथै आफ्नाे टिम पनि साेहि अनुसार छानेर राखेका छन् । जस्मा वडा अध्यक्षमा युवा नेता क. सुजन रुम्दाली, खुल्ला सदस्य क. टेकराज आले मगर, महिला सदस्य क. कल्पना श्रेष्ठ, दलित महिला सदस्य क. पविमाया वि.क., खुल्ला सदस्य क. बहल बस्नेत रहेका छन् ।

२०७४ सालकाे स्थानिय चुनावमा मानेभञ्ज्याङ माेलि १ मा जम्मा मतदाता १२१९ थिए त्यस मध्यमा विपक्ष नेपाली कांग्रेसले ४८६ मत पाएका थिए भने क. सुजन रुम्दालिले ४४३ मत ल्याउन सफल भएका थिए । यश पालिकाे चुनावमा मतदाता जम्मा १४२९ जना रहेकाे छ । उनी २०७४ सालकाे स्थानिय चुनावमा अध्यक्ष राजकुमार रुम्दाली संग ४३ मतले पछि परेका थिए । तर यसपालिकाे चुनावमा उनले बाजि मार्ने बताएका छन् ।

अघिल्लाे स्थानीय सरकारले जनताकाे भावना बुझ्न सकेन अब मेराे पालामा मानेभञ्ज्याङ १ काे नागरिककाे भावना बुझेर विकासका काम अघि बढाउने कार्ययोजना बनाएका छन् । उनले युवाहरुलाई गाउमानै राेजगार दिने र कृषकहरुलाई प्राेत्साहन गर्ने खालकाे काम गर्ने । नया प्राेजेक्टहरु ल्याउने । शिक्षा, स्वास्थ्य, खानेपानि, बाटाे साथै धार्मिक पर्यटकिय क्षेत्रकाे व्यवस्था गर्ने उनले पहिलाे प्राथमिकतामा पर्ने बताएका छन् ।

विगत लामाे समय देखि राजनीतिमा हाेमिएका रुम्दाली सवै युवाहरुलाई मिलाएर लैजान सक्ने मिलनसार, इमानदार, समन्वयकारी र असल राजनीतिकर्मि मानिन्छन् । उनी अघिल्लाे चुनावमा हारे पनि १ नंवरकाे विकास गर्न पछि परेका छैनन् निरन्तर बिकासकाे काममा लागेका छन् । पार्टीभित्र कुशल संगठक, प्रतिबद्ध र इमान्दार नेताको छवि बनाएका छन् । सुजन रुम्दाली आफूलाई निम्न वर्ग, कृषक र मजदूरको प्रतिनिधिको उम्मेदवार भनेर चिनाउन चाहन्छन् ।

राजनीति र विकासका क्षेत्रमा आफ्नो लामो अनुभव भएको र यो नै गाउपालिका विकास गराउने महत्वपूर्ण कडी भएको उनको दावी छ । मानेभञ्ज्याङ १ मा नेकपा माओवादिको संगठन मजबुत बनाउन उनको ठूलो योगदान छ । 

को हुन् क. सुजन रुम्दालि ?

पिता भिमशेर रुम्दालि र माता जुन माया रूम्दालिकी सुपुत्रकाे रुपमा मानेभञ्ज्याङ गाउपालिका १ माेलि देउरालि डाडामा १२ माघ २०२७ सालमा सुजन रुम्दालिको जन्म भएको थियाे । सामान्य किसान परिवारमा जन्मेका रुम्दालिले २०४८ सालबाट राजनितिकमा लागेका थिए । प्राथमिक शिक्षाको शुरुवात संगै उनले आई ए सम्मकाे अध्ययन पूरा गरेका छन् । उनका पिता भिमशेर रुम्दालि (नि.से.नि. गृहमन्त्रालय बाट रा. दृतिय श्रेणिमा २०६५ सालमा अवकाश लिएका थिए भने हजुरबुवा बल बहादुर रुम्दालि ओखलढुंगाका पुर्वप्रधान पञ्च (पञ्तायति व्यवस्थामा जिल्ला कार्य समित सदस्य थिए ।

सुजन रुम्दालिकाे राजनितिक यात्रा वि.सं. २०४८ बाट ने.वि. संघकाे सदस्य बाट शुरु भएकाे थियाे । वि.सं. २०५१-२०५९ सम्म नेपाली कांग्रेसकाे आदिवासि जनवर्गिय जिल्ला कमिटि सदस्य रहेर काम गरेका थिए । तर चित्त नबुझेर पछि १० वर्षे जनयुद्ध पछि मओवादिमा हाेमिएका हुन ।

हालको नेकपा माओवादिको सुदृढ संगठन तत्कालीन समयको संगठन विस्तारलाई लिन सकिन्छ । आजीवन व्यक्तिगत स्वार्थभन्दा पनि सिंङ्गो उर्जाशील समय पार्टी संगठनका लागि खर्चिएका रुम्दालि काममा प्रतिवद्ध र संगठन प्रतिको लगावका कारण रुम्दालिलाई वि.सं. २०५९-२०६५ सम्म नेकपा माओवादिकाे वडा संयाेजक र वि.सं. २०६५-२०७७ सम्म DCM जिल्ला कार्य समिति सदस्य पदकाे जिम्मेवारि सम्हालेका थिए । निडर, प्रष्टवक्ता, हँसिलो चेहरा र हक्की स्वभावका रुम्दालिको अनेरास्ववियूमा सक्रियता र जिम्मेवारी बोधको विशेषताले उनलाई जिम्मेवारी दिइयो ।