सुमन थापा

बैशाख १३, काठमाडौ- मिलिजुली परिवारले  बिपन्न परिवारका बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्यले करिब दुई लाख रुपैया आर्थीक संकलन गरेको छ । देश तथा बिदेशमा रहेका सम्पुर्ण सहयोगी हातहरु बाट संकलित रकमलाई बिपन्न परिवारका बालबालिकाको शिक्षामा लगानी गर्ने मिलिजुली परिवारकी संरक्षक रारा सैजुले बताउनु भयो । सहयोग रसिद मार्फत रकम संकलन गर्दै  केही भाग्यसाली ब्याक्तिहरुलाइ पुरस्कर  समेत बितरण गरिएको थियो । सोमबार  भैरहवामा आयोजित उक्त कार्यक्रममा ११ जना भाग्यसाली ब्याक्तीहरुले पुरस्कार समेत प्राप्त गरेका थिए ।

सेवा नै धर्म हो भन्ने मुल नारा लिएर झन्डै २ बर्ष अघि सामाजिक संजाल टिकटक मार्फत स्थापन भएको मिलिजुली परिवारले गणेशमान कृष्ण प्यारि स्मृति प्रतिष्ठान संग हातेमालो गर्दै हाल सम्म ५१ वटा सहयोग हस्तान्तरणको कार्यक्रम गरिसकेको छ ।

रक्तदान देखि सुरु भएर बालआश्रम, बृद्धआश्राम, बिरामी साथै बिपन्न परिवारका बालबालिकालाई सहयोग गर्दै आएको र अबको दिनमा बिपन्न परिवारका बालबालिकालाई शिक्षामा सहयोग गर्दै अगाडि बढने  सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो । पुरस्कार पाउने ब्याक्तिहरु निम्न अनुसार रहेका छन । प्रथम पुरस्कर टिकट  नम्बर १०९ निश्चल तामाङ
दोस्रो पुरस्कार टिकट नम्बर २४५५ कुमारी तामाङ
तेस्रो पुरस्कार  टिकट नम्बर २०५६ मन्जु गौतम
चौथो पुरस्कार टिकट नम्बर २४५४ कुमारी तामाङ
चौथो पुरस्कर टिकट नम्बर १७३१ श्रीकृष्ण श्रेष्ठ
चौथो  पुरस्कार टिकट नम्बर ५१३ सुलोचना श्रेष्ठ
सान्त्वना पुरस्कार टिकट नम्बर १५१४ रिता खनाल
सान्त्वना पुरस्कार टिकट नम्बर १८०४ समून्द्र  पोखरेल
सान्त्वना पुरस्कार  टिकट नम्बर १५४३ रारा सैंजु
सान्त्वना पुरस्कार टिकट नम्बर  १८८८ सुकृती पन्त
सान्त्वना पुरस्कार टिकट नम्बर १६६५ महामाही गाउपाली