नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी विजयी भएका छन्। उपसभापतिको खुला प्रतिस्पर्धामा भण्डारीले तीन हजार ७३५ मत पाउँदै विजयी भएका हुन्।

विजयी भएपछि उनले विश्वासको शिर कहिल्यै झुक्न नदिने बताएका छन्। उनले आफूलाई अमूल्य मतका लागि दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै यस्तो बताएका हुन्।

भण्डारीले सधैँ ‘म’ नभइ ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

‘नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी भई मप्रति व्यक्त गर्नु भएको विश्वास र अमूल्य मतका लागि महाधिवेशन प्रतिनिधि साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा भने, ‘म प्रतिबद्ध छु—तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन। सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’