चैत्र १९, काठमाडौं- लामो समय देखि सयुक्त रुपमा सामाजिक कार्यमा सकृय रहदै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारले मित्र मिलन एवम बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

बनभोज कार्यक्रममा परिवारकी  संरक्षक रारा सैंजु, प्रमुख अतिथी रबिन कुमार श्रेष्ठ,  अध्यक्ष राजन कडेल,  विशिष्ट अतिथी अनुपमान सैंजु, ख्यातीप्राप्त कलाकार, पत्रकार, समाजसेवी  र टिकटकमा छुट्टै पहिचान बनाउन सफल ब्याक्ती हरु लगायत झन्डै ४ सय जनाको सहभागीता रहेको थियो ।

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारले  उक्त कार्यक्रममा बोनम्यारो ड्यामेज (Aplastic Anemia) भएका बिरामीलाई १ लाख १ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको थियो ।

गत शनिवार काठमाडौंको बालाजुमा आयोजित  एक कार्यक्रममा  बोनम्यारो ड्यामेज (Aplastic Anemia) भएर  उपचाररत मिलिजुली परिवारका सकृय सदस्य सन्तोष बगालेलाई  उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले १ लाख १ हजार  हस्तान्तरण गरेको सल्लाहकार माधव भट्टराईले जानकारी दिनु भयो ।

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारले देशभरिमा २० महिनामा ५०  औ कार्यक्रम गर्दै झण्डै ३८ लाख बराबरको सहयोग हस्तान्तरण गरिसकेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशेली छालाजुत्ता उद्योगका संचालक एवम सफल ब्यावसायी रबिन कुमार श्रेष्ठले आगमी १ बर्ष भित्रमा बिपन्न परिवारका बालबालिकाको लागि यस परिवार मार्फत  १ हजार जोर  स्कुल जुत्ता निशुल्क उपलब्ध गराउने प्रतिबद्धता  गर्नु भएको थियो ।

हाल सम्म बिरामी, बृद्धआश्रम, बालआश्रम, अनाथ, शारीरिक अशक्त भएका संघ संस्थाहरुमा सहयोग गर्दै आएको र आगमी दिनमा भने बिपन्न परिवारका बालबालिकाको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा  मिलिजुलि टिकटक परिवारकी संरक्षक रारा सैंजुले बताउनु भयो । उक्त कार्यक्रममा संस्थालाइ सहयोग पुर्‍याउने विभिन्न ब्याक्ती तथा संघसंस्थालाई सम्मानपत्र द्वारा सम्मान गर्नुको साथै गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक द्वारा संचालित हरेक कार्यक्रममा सकृय रुपमा काम गर्दै आउने ब्याक्तीहरुलाइ पुरस्कार तथा सम्मान गरिएको थियो ।