बूढीगण्डकी नदीमा बाढीले खतरा तह पार गरेको छ। बाढी बढ्दो क्रममा रहेकाले बाढी पास नहुँदासम्म नदी किनारमा नजान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको सूचनाअनुसार बूढीगण्डकी नदीले आरुघाटमा खतरा तह पार गरेको हो।

बाढीको बहाव अझै बढिरहेको भन्दै महाशाखाले आरुघाटदेखि त्रिशूली दोभानसम्म नदी छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ।