त्रिशूली नदीको कटानका कारण सडक भासिएर पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग आइतबार साँझदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ

सडक विभागका अनुसार हाल ठप्प रहेको राजमार्गलाई आज राति ९ बजेदेखि एकतर्फी भए पनि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

नदीले सडक कटान गरेपछि विभागले भित्तापट्टिको भाग काटेर बाटो चौडा बनाउने कार्यलाई तीव्र गतिमा अघि बढाएको छ।

विभागको योजनाअनुसार आइतबार बिहान ७:०० बजेदेखि पुनः भित्ता काट्ने काम सुरु गरेर सडक विस्तार गरिनेछ र साँझ ६:०० बजेबाट दुईतर्फी नै सवारी आवागमन सुचारु गरिनेछ।

राजमार्गको अवस्था अझै संवेदनशील रहेकाले यात्रा सुरु गर्नुअघि अनिवार्य रूपमा ट्राफिक प्रहरीसँग पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न सडक विभागले यात्रुहरूलाई आग्रह गरेको छ।