चैत्र ३, काठमाडौं- स्थानीय निर्वाचनबारे सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल भएको हो ।

माओवादीका अध्यक्ष प्रचण्डले लुम्बिनी पुगेर आफूसहित प्रधानमन्त्री देउवा र माधव नेपालबीच बिहान बालुवाटारमा चुनावका विषयमा छलफल भएको जानकारी दिएका हुन् ।

‘आज बिहान मात्रै प्रधानमन्त्रीजीले मलाई बोलाउनुभाथ्यो, प्रधानमन्त्री, माधव नेपाल र म थियौं त्याँ । के हो यो निर्वाचनको हामी तयारीमा पूरै तागत लगाएर गइ नै सक्यौं, तर पनि बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला पनि चली नै राख्छ भन्दा प्रधानमन्त्रीले यो त चुनाव हुने दिन भोट हाल्ने दिन पनि भनिराख्छन्, मान्छेले, भोट हाल्ने दिन पनि हुन्छ कि हुन्न भोट हाल्न पाइन्छ कि पाइन्न भन्ने हुन्छ, नेपाली यस्तै हो भन्नुभभो,’ प्रचण्डले भने ।