फाल्गुन ५ काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । सत्ता गठबन्धनको बैठकलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
प्रधानमन्त्री देउवा एमसिसी पास गर्ने अडानमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसिसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन् ।
सत्ता गठबन्धनको बैठकले MCC को बिषयमा ठोस निष्कर्ष निकाल्न नसकेपछि देउवा ओलीलाई भेट्न पुगेका हुन् ।बिहीबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलको बैठक सहमतिबिना नै टुङ्गिएको छ ।बैठक भोलि बिहान १० बजे पुनः बस्ने सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्


प्रतिक्रिया