सुमन थापा ( बिहानीआवज )

काठमाडौं २४ पौष- गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले बिकट क्षेत्रमा रहेका ६३ जना बालबालिकालाइ न्यानो कपडा  बितरण गरेको छ  ।
सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सामाजिक कार्यमा अगाडि बढेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली टिकटक परिवारले शुक्रबार धादिङ जिल्लाको उत्तरी बिकट क्षेत्रमा पर्ने खनियाबास गाउपालिका- २ झार्लाङस्थित बेन्दिदेवी माध्यामिक बिधालयमा अध्यानरत बिपन्न परिवारका ६३ जना छात्रछात्राहरुलाइ न्यानो कपडा बितरण गरेको कार्यक्रम संयोजक सनिस राज  बजगाइले  बताउनु भएको छ ।

बिगत १८ महिनादेखि सामाजिक सेवामा काम गर्दै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिस्ठान तथा मिलिजुली टिकटक परिवारले  बृद्धआश्रम, बालआश्रम, दृष्टिबिहिन तथा अशक्त हरुलाइ  सहयोग गर्दै आएको र हाल सम्म ४७ वटा कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानकि संयोजक रारा सैंजुले जानकारी दिनु भयो ।

न्यानो कपडा बितरण कार्यक्रममा बिधालयका प्रधान-अध्यापक कान्छाराम तामाङले  गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारलाइ बिशेष धन्यवाद दिनु भएको थियो ।
उक्त बिधालयमा आफ्नो १५ बर्षसम्मको अध्यापनको दौरानमा अध्यारत बालबालिका हरुलाइ कुनै पनि संघ-संस्थाबाट  सहयोग प्राप्त नभएको प्रधानध्यापक कान्छाराम तामाङले बताउनु भयो ।