मंसिर १६, काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान  गर्नुभएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नु भएको  छ । 
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार  २०७८ मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाबानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरिएको छ ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्यादेश जारी गर्नु भएको थियो ।  संसदलाई छल्दै अध्यादेश ल्याउने गरेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ ।