सुमन थापा ( बिहानी आवज )

बुटवल ,११ मंसिर – गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली टिकटक  परिवारको संयुक्त आयोजनामा वुटवल-२ मा रहेको शिद्धबाबा दुर्गा भवानी शिवकुमारी शैंजु बृद्धआश्रमलाई न्यानो कपडा वितरण गरेको छ ।

मिलिजुली टिकटक परिवारले सामाजिक संजाल टिकटकबाट जुटाएको पैसाले आश्रममा आश्रीत ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको हो । तराईमा जाडो बढेसँगै ज्येष्ठ नागरिकलाई जाडोयामबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको मिलिजुली परिवारले जानकारी दिएको छ । मिलिजुली परिवारका संयोजक रारा सैंजु (रेखा)ले  टिकटकबाट लाईभ गरि पठाएको पैसा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बिहानी आवाज अनलाइन लाई जानकारी दिनुभयो ।

अहिलेसम्म देशभरका ४६ स्थानमा सहयोगग सप्पन्न गरिसकेको  र अब शिक्षा तर्फ छात्रबृत्ति कोषको स्थापना गरिने जानकारी दिनुभयो । उँहाले टिकटकलाई मनोरञ्जनको साधन मात्र नभएर आफ्नो कला प्रस्तुत गर्दै सामाजिक क्षेत्रमा उपयोग गर्न सकिने दाबी गर्नुभयो । विभिन्न आश्रममा मिलिजुलीले आद्यान्न तथा नगद सहयोग गर्दै आएपनि अब गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विद्यालयमा छात्रबृत्ति सञ्चालन गरिने उँहाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै  सैंजूले आफ्ना सुसरा  समाजसेवी गणेशमान शैंजुको प्ररेणाबाट सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । दुर्गा भवानी शिवकुमारी शैंजु बृद्धआश्रमका अध्यक्ष   महेश्वर श्रेष्ठले आश्रमले अहिले बालआश्रम पनि सञ्चालनको तयारीमा रहेको बताउनुभयो । यसको लागि अहिले भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनु  भयो ।

यस्तै गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठानका संरक्षक अनुपमान सैंजुले मनुष्य भएर जन्मिएपछि आफ्नो लागि मात्र नभएर अरुको लागि पनि केही गर्नु पर्ने शोच बनाएर सामाजिक क्षेत्रमा लागेको बताउनु भयो । बुबा गणेशमानको प्ररेणाबाटै आफु सामाजिक  क्षेत्रमा लागेको उँहाले बताउँदै बुबा आमाको नाउमा अहिले आश्रम सञ्चालन भएको जानकारी दिनुभयो । विश्व हिन्दु महासंघ महिला समितिका महासचिब सुजिता सैजु, राधेराधे परिवारका सचिब धनमाया भट्टराई , लगायतले बोल्दै सामाजिक सञ्जालको सदुपयोग गर्दै सामाजिक क्षेत्रमा लाग्न सकिने उदाहरण मिलिजुली टिकटक परिवार रहेको बताएका छन ।

मिर्गौला पिडित कृष्ण बहादुर रेश्मीलाई प्रतिष्ठान र मिलिजुलि परिवारको नगद सहयोग ।

त्यस्तै गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली परिवारले बृद्धआश्रममा कार्यरत कृष्ण बहादुर रेश्मीलाई पनि सहयोग गरेको छ । मृगौंला रोगबाट पिडित भएका उनलाई उपचारमा सहयोग पुर्‍याउने हेतुले १ लाख ५ हजार ५ सय ५५ रुपैंया प्रदान गरिएको  परिवारका सल्लाहाकार माधव भट्टराईले जानकारी दिनुभयो ।