नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकामाथि १२४ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ।
निसिनमा आज भएको खेलमा भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमै ४५ रनमा अलआउट भयो। भारतका बलरसामु श्रीलंकाको ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो।
भारतका लागि इशान किशनले अविजित ८० रनको उत्कृष्ट इनिङ्स खेले। उनले ४६ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। वैभव सूर्यवंशीले २१ बलमा ३८ रन बनाए भने कप्तान श्रेयस अय्यरले १३ रन जोडे। वासिङ्टन सुन्दरले तीन बलमा सात रन बनाएर अविजित रहे।
भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६९ रन बनाएको थियो। श्रीलंकाका थारिन्दु रत्नायके र सहान अराच्चिगेले समान दुई-दुई विकेट लिए।
१७० रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाका लागि नुवानिदु फर्नान्डोले सर्वाधिक १५ रन बनाए। कप्तान सहान अराच्चिगेले नौ तथा थारिन्दु रत्नायकेले पाँच रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका जसप्रित बुमराह र अक्षर पटेलले समान दुई-दुई विकेट लिए। अभिषेक शर्माले पनि दुई विकेट हात पारे। वासिङ्टन सुन्दरले एक विकेट लिए।
श्रीलंकाले ९.५ ओभरमा ४५ रन मात्र बनाउन सकेपछि भारत १२४ रनले विजयी भयो। यो जितसँगै भारत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि हुने फाइनलमा पुगेको छ।
अब भारतले स्वर्णका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि, आज बिहान नै भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशलाइ ६ विकेटले पराजित गरेर फाइनल प्रवेश गरेको थियो।

प्रतिक्रिया