श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले संसदको सुरुमै उठेर सांकेतिक प्रश्न गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही सुरु गरेलगत्तै सांसद राई आसनबाट उठेका थिए।
त्यसपछि सभामुखले उनलाई बोल्न समय दिए। राईले भने, ‘सम्माननीय सभामुख महोदय, कुरा त्यही हजुर, धन्यवाद।’
यति भनेपछि उनी आफ्नो आसनमा बसे।
गत जेठ १७ गते सीमाका विषयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन श्रम संस्कृतिले माग गर्दै आएको छ।

प्रतिक्रिया