नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
अध्यक्ष ओलीले दुवाकोटस्थित क्यान्सर अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। बस्नेतको आजै पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए। लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति उपचारका क्रममा निधन भएको हो।

प्रतिक्रिया