गत भदौ १० गते बिहान भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उर्लिएको विनाशकारी बाढीले हिमाली जिल्ला रसुवादेखि तल्लो तटीय क्षेत्रसम्म पुर्याएको अभूतपूर्व क्षतिको ३५ दिन पूरा भएको छ।
नेपालको विपद् इतिहासकै सबैभन्दा ठूलो मानिएको उक्त भेलबाढी र लेदो प्रवाहले सयौं वर्ष पुराना बस्ती, जलविद्युत् आयोजना, विद्यालय र सडक सञ्जाललाई केही घण्टामै बगरमा परिणत गरिदिएको थियो।
हिमताल विस्फोटपछि तिब्बत सीमा हुँदै झरेको भनिएको उक्त प्रलयकारी बाढीमा परी हालसम्म १ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ५ हजारभन्दा बढी नागरिक अझै बेपत्ता छन्।
विपद्ले पुर्याएको करिब दुई खर्ब रुपैयाँ बराबरको भौतिक पूर्वाधारको क्षति पुर्याएको छ।
५१ तस्बिरमा हेर्नुहोस् बाढीले तटीय क्षेत्रसम्म पुर्याएको क्षति, आफन्तको बाटो हेरिरहेका परिवार, अस्थायी आवासको खोजीमा भौंतारिइरहेका विस्थापित र बगर बनेको थातथलोमा उभिएर भविष्य खोजिरहेका स्थानीयको संघर्षका तस्बिरहरू। तस्बिर: एएफपी।







































प्रतिक्रिया