अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विपद्का कारण सबैभन्दा धेरै मानवीय क्षति बागलुङमा भएको छ। यहाँ १२ जनाले ज्यान गुमाएका छन्। यस्तै, म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको मृत्यु भएको छ।

यसैगरी धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक/एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

देशभर भएका विपद्का घटनामा १५ जना घाइते भएका छन्। घाइतेहरूको सम्बन्धित स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।