५ मंसिर, काठमाडौं – गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् ।

प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ ।

गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित छन् । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको बुझिएको छ ।

गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए ।

निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।