कार्तिक २२, काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

बैठकमा राजदूत नियुक्ती, राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री देउवा बेलायत भ्रमणबाट फर्केपछि पहिलोपटक गठबन्धन बैठक बस्न लागेको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय गठबन्धनको बैठक बस्न नसकेकोमा असन्तुष्टी जनाएका थिए ।

गठबन्धन बैठकका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ ।