नवौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी–२०२६’ को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितेकी छन् । उपाधिसँगै उनले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा मन्नत अग्रवाल फस्ट रनरअप र सृष्टि शाह सेकेन्ड रनरअप घोषित भए । साम्राज्ञी भण्डारीले अर्गनाइजेसन च्वाइस अवार्ड हात पारिन् ।

उपाधिसँगै प्रतियोगितामा विभिन्न विधागत अवार्डसमेत प्रदान गरिएको थियो । श्रीप्रिया अग्रवालले ‘मिस ब्युटी विथ ब्रेन’ र **‘मिस क्याटवाक’**को उपाधि पाइन् भने मानवी राजवंशी ‘मिस ट्यालेन्ट’ घोषित भइन् ।

त्यस्तै सृष्टि शाहले ‘मिस फोटोजेनिक’, साम्राज्ञी भण्डारीले ‘मिस इन्टीलेक्ट’, ‘मिस पब्लिक च्वाइस’ र ‘मिस एक्टिभ’, रिद्धि शाहले ‘मिस पपुलर’ र ‘मिस ब्युटीफुल हेयर’, मन्नत अग्रवालले ‘मिस मल्टिमिडिया’ र ‘मिस पर्सनालिटी’को अवार्ड प्राप्त गरे ।

दक्षिता यादव ‘मिस डिसिप्लिन’, कृपा गौतम ‘मिस फ्रेन्डसिप’, सृष्टिजा कोइराला ‘मिस स्माइल’, निविका गुप्ता ‘मिस ब्युटिफुल आइज’, जागृति शाह ‘मिस अनेस्ट’, गेस्ना संग्रौला ‘मिस क्युट’, सिद्धि शाह ‘मिस बब्ली’ र नम्रदा चौधरी ‘मिस आउटस्ट्यान्डिङ पर्फर्मेन्स’ घोषित भए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको निर्णायकमा न्यू सृष्टि दैनिकका अध्यक्ष शंकर खरेल, उद्घोष दैनिकका अध्यक्ष बन्धु पोखरेल, सोम्स कलेजका अध्यक्ष रोशन घिमिरे तथा ‘मिस कोशी–२०२५’की विजेता एवं मोडल रजनी थापा थिए ।

आयोजक जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायका अनुसार फाइनलमा पुगेका सबै प्रतियोगीलाई प्रमाणपत्रसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगिताले बालबालिकाको आत्मविश्वास, प्रतिभा, व्यक्तित्व विकास तथा सिर्जनात्मक क्षमतालाई मञ्च प्रदान गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।