२२ आश्विन, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ। सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग उहाँले मन्त्री हुनेहरूको नाम माग्नुभएको हो ।

आज बिहान दलहरूबाट मन्त्री हुनेहरूको नाम आएपछि मन्त्री नियुक्त गर्ने र आजै अपरान्ह मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको स्रोतको दाबी छ बिहीबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो ।

माओवादीबाहेक दलहरूले मन्त्री छान्न आन्तरिक गृहकार्य गरिरहेका छन्। नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने अधिकार सचिवालयलाई दिएको छ भने जसपाले शीर्ष नेतालाई दिएको छ। स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम मन्त्रालय एसमाजवादीले पाउने भएको छ। जसमध्ये स्वास्थ्य मन्त्रीमा रामकुमारी झाँक्रीको चर्चा छ। कांग्रेसले पनि थप चार जना मन्त्री थप गर्दैछ।

सभापतिसमेत रहनुभएका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई एक/एक मन्त्रीको नाम दिन आग्रह गर्नुभएको छ । भने देउवाले आफूनिकट एक जनालाई मन्त्री बनाउने तयारी गर्नुभएको छ।

तर वरिष्ठ नेता पौडेलले मन्त्री हुनेको नाम दिइसक्नुभएको छैन। पौडेलको तर्फबाट दिलेन्द्रप्रसाद बडु र तेजुलाल चौधरीमध्ये एक जना मन्त्री हुने सम्भावना छ।महामन्त्री कोइरालाले सुजाता कोइराला र मिनेन्द्र रिजालको नाम मन्त्रीका लागि सिफारिस गर्नुभएको थियो रिजाल मन्त्री हुने सम्भावना रहेको स्रोतको भनाइ छ। साथै पूर्वमहामन्त्री सिटौला पक्षले भने उमाकान्त चौधरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। सभापति देउवाले भने सचेतकसमेत रहेकी नेता पुष्पा भुसाललाई मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ। कांग्रेसले रक्षा मन्त्रालय आफैँसँग राखेकोले भुसाल रक्षा मन्त्री हुने सम्भावना छ । देउवाले यसअघि आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाइसक्नुभएको छ । साथै उहाँले उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पनि बनाउनुभएको थियो।

नेकपा माओवादी केन्टले भने मन्त्री छानिसकेको छ ।

माओवादीको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गत बुधबार नै गरेको थियो । माओवादीले एक राज्यमन्त्रीमा भने बोधमाया यादवलाई पठाउने भएको बताईएकोछ। माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थमन्त्री र पम्फा भुसाललाई ऊर्जामन्त्रीमा पठाइसकेको थियो ।

जसपाले भने मन्त्री टुंग्याउन बाँकी छ ।

गठबन्धनबाट कांग्रेस सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री बन्नुभएको थिया। यसबीचमा उहाँले ५ मन्त्री र एक राज्यमन्त्री मात्रै बनाएर अरू मन्त्रालय आफैँसँग राख्नुभएको थियो ।