राजनीतिक विष्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत खनालले यस्तो बताएका हुन्। ‘नेकपा एमाले पार्टी जीवनको जुन समय, परिवेश र अकर्मण्यताको अवस्थामा अधिनायकवादी ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा भित्र्याएका छन्- त्यसले एमालेको पतनलाई अझ नजिक्याएको छ,’ उनले भने।

पार्टीको पुनर्गठन गर्नुपर्ने समयमा पार्टीको विघटन गर्ने दिशामा उनका सांगठानिक गतिविधिहरू केन्द्रित रहेको खनालको भनाइ छ।

अर्कोतिर, पार्टीमा ‘जाने’ र ‘लाने’का उद्देश्यहरू पनि एक अर्काका विपरीत रहेको बताए। साथै, उनले नेकपा एमालेमा विद्या भण्डारीको प्रवेश समाधन नभइ नयाँ द्वन्द्वको घमासान मात्र हुने बताएका छन्।

‘पार्टीको पुनर्गठन गर्नुपर्ने समयमा पार्टीको विघटन गर्ने दिशामा उनका सांगठानिक गतिविधिहरू केन्द्रित छन्,’ उनले लेखेका छन्, ‘अर्कोतिर, पार्टीमा ‘जाने’ र ‘लाने’का उदेश्यहरू पनि एक अर्काका विपरित छन्। एमालेमा विद्या भण्डारीको प्रवेश समाधन होइन, नयाँ द्वन्द्वको घमासान मात्र हुनेछ।’