काठमाडौँको वसन्तपुर डबलीमा शुक्रबार इन्द्रजात्राका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कार्यवाहक प्रधानमन्त्रीलगायत विशिष्ट अतिथि वसन्तपुर पुगेका छन्।
वसन्तपुरमा आयोजना गरिएको इन्द्रजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि प्रस्तुत गरिएको छ। कार्यक्रममा कुमारी, गणेश र भैरवको रथयात्रालगायत परम्परागत जात्रा तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिँदैछ।
इन्द्रजात्रा काठमाडौँ उपत्यकाको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।
तस्बिर : प्रदीप राज वन्त/ रासस






.jpeg)






प्रतिक्रिया