बाढी तथा विपद् प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६७५ जनाले स्वास्थ्य सेवा लिएका छन्।
आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा भदौ ३१ देखि असोज ५ गतेसम्म सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श दिइएको थियो। शिविरमा १२० जनाको अल्ट्रासाउन्ड परीक्षणसमेत गरिएको आर्या फार्माल्याबले जनाएको छ।

शिविरमा स्थानीय तथा विपद् प्रभावित समुदायका नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको थियो। थप उपचार आवश्यक देखिएका बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था गरिएको थियो।
आर्या फार्माल्याबले विपद्को समयमा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आगामी दिनमा पनि आवश्यक स्वास्थ्य सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
यसअघि फार्माल्याबले विपद् प्रभावित नागरिकका लागि ८२ लाख रुपैयाँभन्दा बढी मूल्यका औषधिजन्य सामग्री सहयोगस्वरूप नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।




प्रतिक्रिया