यमनबाट हुथी विद्रोहीको आक्रमण बढेपछि साउदी अरेबिया, टर्की र पाकिस्तानका सैन्य प्रमुखबिच आकस्मिक वार्ता हुने भएको छ।

तीन देशले मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरेबियालाई सहयोग गर्ने विषयमा सैन्य प्रमुखहरूको तत्काल बैठक गर्ने घोषणा गरेका हुन्। बिहीबार न्यूयोर्कमा तीन देशका विदेशमन्त्रीबिच भएको बैठकपछि यस्तो घोषणा गरिएको अल जजीराले जनाएको छ।

टर्कीका रक्षा प्रमुख जनरल सेल्चुक बैरक्तारोग्लुले साउदी राजधानी रियाद पुगेर साउदी र पाकिस्तानी समकक्षीसँग वार्ता गर्नेछन्। टर्कीको रक्षा मन्त्रालयले आवश्यक परे साउदी अरेबियाको सैन्य आवश्यकतामा सहयोग गर्न तयार रहेको बताएको छ।

साउदी अरेबियाले बिहीबार तैफ र यान्बुतर्फ प्रहार गरिएका ६ वटा ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको बताएको छ। हुथीहरूले रियादको एक ‘संवेदनशील लक्ष्य’ र यान्बुमा रहेका साउदी अरामकोका संरचनामा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

मक्का संयुक्त रक्षा सम्झौतामा तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई सबैमाथिको आक्रमण मानिने उल्लेख छ। साउदी अरेबिया, टर्की र पाकिस्तानले गत ७ अगस्टमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअन्तर्गत तीन देशले रक्षा सहयोग बढाउने र सामूहिक प्रतिरोध क्षमता बलियो बनाउने विषयमा सहमति गरेका छन्।

यसअघि तीन देशका विदेश तथा रक्षा मन्त्री र सैन्य प्रमुखहरू अगस्ट ३१ मा इस्तानबुलमा भएको रणनीतिक राजनीतिक तथा रक्षा समितिको पहिलो बैठकमा सहभागी भएका थिए। बैठकमा साउदी अरेबियामा सचिवालय स्थापना गर्ने र सैन्य सहयोग थप विस्तार गर्ने सहमति भएको थियो।

यमनमा पछिल्लो २४ घण्टामा विभिन्न क्षेत्रमा भएको भिडन्तमा कम्तीमा १५० हुथी लडाकु र सरकार समर्थित सेनाका सदस्य मारिएको एएफपीले जनाएको छ। यस्तै, सेप्टेम्बरको सुरुदेखि नयाँ लडाइँका कारण दुई लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएको यूएनएचसीआरले जनाएको छ।

यमनमा बढ्दो द्वन्द्वका कारण होदेइदाह, ताइज, लाहज, एडेन, अब्यान, मारिबलगायत क्षेत्रमा परिवारहरू विस्थापित भएका छन्। उनीहरूका लागि आश्रय, खाना, सफा पानी, स्वास्थ्य सेवा र सुरक्षा तत्काल आवश्यक रहेको यूएनएचसीआरले बताएको छ। एजेन्सीको सहयोगमा