असोज-७,काठमाडौं– यात्रा समृद्धिको लक्ष्य समाजवादको भन्ने मुल नारा सहित युवा संघ नेपाल ( माधव नेपाल पक्ष ) ले आयोजना गरेको केन्द्रिय सचिवालय को  प्रथम बैठक क्वालिटी बैकेट बुद्धनगरमा  बसिरहेको छ । शुक्रबार सम्म बस्ने बैठक बिधान र सांगठनिक प्रतिवेदन माथी छलफल, राजनैतिक प्रतिवेदन माथी छलफल, बिदाइ तथा मनोनयन र जिम्मेवारी हेरफेर बिषयमा केन्द्रित रहने छ ।

बैठकको उदघाटन सत्रमा युवा संघ नेपाल का अध्यक्ष नरेश शाहीले नेपका एमाले बाट विद्रोह गरेर यात्रा समृद्धिको लक्ष्य समाजवादको लक्ष्य लिएर एकीकृत समाजवाद गठन  गरेको  जानकारी गराएका छन ।

बैठकको उदघाटन गर्दै  पुर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका  अध्यक्ष माधवकुमार नेपालले विश्व नै निरन्तर रुपमा गतिशिल छ,  गतिशिलता नै जीवन हो, गतिहिनता भनेको अन्त्य हो तसर्थ कार्यकर्तामा निरासा पलाएकोले समयको माग अनुसार नयाँ पार्टी गठन गरेको बताउनु भएको छ ।