सुनसरीको कोशी गाउँपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा माइक्रोबस चालक सप्तरीको कञ्चनरूप नगरपालिका–११ का ३२ वर्षीय आर्यन पोखरेलसहित १२ जना घाइते भएका छन्। घाइते हुनेमा कञ्चनरूप नगरपालिका–११ का ७० वर्षीय दनसलाल चौधरी, वडा नं १ का ४३ वर्षीय गोविन्द गुप्ता, वडा नं १२ का ५१ वर्षीय बलराम पौडेल, वडा नं ११ की २१ वर्षीया माया भुजेल, सोही स्थानका ६० वर्षीय असरफि खङ र ३० वर्षीया सुनिता खङ रहेका छन्।
त्यस्तै कञ्चनरूप नगरपालिका–६ की ३० वर्षीया पूजा चौधरी, फतेपुर नगरपालिका–१ की ३६ वर्षीया उर्मिला भुजेल, सोही स्थानकी २१ वर्षीया उशा भुजेल, कञ्चनरूप नगरपालिका–१ की ४७ वर्षीया राधा नेपाल र वडा नं। ६ का ४० वर्षीय देवाकान्त चौधरी पनि दुर्घटनामा घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि सप्तकोशी न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया