अश्विन-४, काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्कने क्रममा पत्रकारहरूको प्रश्नमा देउवाले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताउनुभएको हो ।

‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उहाँले भन्नुभएको हो। प्रधानमन्त्री
देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक
राज्यमन्त्री बनाउनुभएको छ । सरकार गठन भएको दुई महिनाभन्दा धेरै भइसके पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । केपी ओली नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकारको नेतृत्व गरेका देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्कै भरमा सरकार चलाइरहेका छन ।

नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।