(सुमन थापा )
असोज ४ काठमाडौं- नेकपा एमाले स्थायी समितीको बैठक पार्टी अध्यक्ष के. पि. शर्मा ओलिको अध्यक्षतामा सुरु भएको छ ।
च्यासल स्थित तुलसिलाल स्मृति भवनमा पार्टी अध्यक्ष के.पि. शर्मा ओलीको प्रमुख अध्यक्षतामा बसेको स्थायी समिती बैठकमा राम बहादुर थापा, अष्टलक्ष्मी शाक्य, बिष्णु पौडेल, पार्टी महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, पार्टी प्रवक्ता प्रदिप ज्ञावाली , सचिव शेरबहादुर तामाङ, सचिव योगेश भट्टराई, भिम रावल,पृथ्वी सुब्बा गुरुङ,अमृत बोहरा,घनश्याम भुसाल,बिष्णु रिमाल, टोप बहादुर रायमाझी,केशव बडाल, लेखराज भट्ट ,छबिलाल विश्वकर्मा, मणिचन्द्र थापा, शंकर पोख्रेल , रघुजी पन्त, लगाएत सवै स्थायी समिती सदस्यहरु उपस्थित रहेका छन ।
आजको बैठकमा बिधान संसोधोन बारे छलफल र पछिल्लो राजनैतिक घटनाक्रम ,पार्टी को आगामी कार्यक्रम बारे पनि छलफल हुने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया