असोज-२, काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् ।

शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले ऐन महरलाई विदा गर्दै उपाध्यक्ष रहेकी बराललाई अध्यक्षमा चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइवा, निशा अधिकारी, प्रेम पाण्डे, मोती विक र महासचिवमा समिक बडाल चयन भएका छन् ।

त्यस्तै बैठकले अनेरास्ववियुको २३ औं महाधिवेशन आगामी चैत २४ देखि २६ सम्म गर्ने निर्णय गरेको छ ।