९ भदौ, काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गर्नुभएको छ । च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले माधव समूहलाई मूल धरमा फर्कन आग्रह गर्नुभएको हो ।

अहिले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु सनखतका लागि निर्वाचन आयोग पुगेका छन् भने एमालेले च्यासलमा पत्रकार सम्मेल गरिहेको छ ।

पत्रकार सम्मेलनमा ओलीले जारी गरेको प्रेस वक्तव्य एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सुनाउनु भएको थियो । वक्तव्यमा भनिएको छ ‘तपाईंहरू मूल घरमा फर्किनुस् । यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’

निर्वाचन आयोगले सनाखतका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मलाई समय दिएको छ ।