( सुमन थापा )
भाद्र ६, काठमाडौं- गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले  सयुक्त रुपमा ४ जना बिरामीको लागि  रु १ लाख ९५ हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।

शनिबार काठमाडौको भिर्कुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरि आर्थिक अवस्था कमजोर भएका ४ जना बिरामीको उपचारमा सहयोग पुग्ने उदेश्यले  उक्त रकम हस्तान्तरण गरेको कार्यक्रम संयोजक माधव शर्माले जानकारी दिनु भयो ।

दैलेख जिल्ला भगवतीमाइ गाउँपालिका घर भै हाल  बोनम्यारो क्यान्सर भएर काठमाडौं सिभिल अस्पतालमा  उपचारत ११ बर्षिया सुशील शाहीलाई नगद रु ४० हजार र  बर्दीबास नगरपालिका- ६ घर भै हाल नसा रोगको  उपचार गरिरहेका गौतम कार्कीलाई नगद रु ४० हजार सहयोग हस्तान्तरण गरेको छ ।

तेस्तै रतुवामाइ नगरपालिका घर भै हाल काठमाडौंमा  इन्डियोप्याथिक क्याल्सिनिसिस रोगको उपचारत ८ बर्षिया बालिका भुमिका रावतलाई नगद रु ४० हजार साथै वैदेशिक रोजगारिमा रहेका मिलिजुली परिवारका सक्रिय सदस्य ज्ञानबहादुर लामाबाट संकलित ३५ हजार गरि जम्मा ७५ हजार र गुल्मी जिल्ला घर भै जन्मजात शारीरिक अपंगता र आर्थिक अवस्था कमजोर भएकी हेमा थापालाइ नगद रु ४० हजार सहयोग हस्तान्तरण गरेको छ ।

लामो समय देखि सामाजिक सेवामा काम गर्दै आएको गणेशमान कृष्णप्यारी प्रतिस्ठान र बिगत एक बर्षदेखि सामाजिक सेवामा सक्रिय रहदै आएको मिलिजुली टिकटक परिवारले सयुक्त रुपमा बिरामिलाइ उपचारमा केहिहद सम्म सहयोग पुगोस भनि उक्त रकम  हस्तान्तरण गरेको  र आगामी दिनमा आर्थिक अवस्था कमजोर भएका बालबालिकाको लागि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्य रहेको संरक्षक रारा सैजुले बताउनु भयो ।

“सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ अगाडी बढेको गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले सयुक्तरुपमा देशभरी गरेर ३७ वटा कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिसकेको कार्यक्रममा उपस्थिति मिलिजुलि परिवारका सकृय  सदस्य हेम अबिरलले जानकारी दिनुभयो ।

काठमाडौंमा आयोजित कार्यक्रममा मिलिजुली परिवारकी संरक्षक रारा सैजु, सल्लाहकार अमृता भट्टराई, सल्लाहकार माधव शर्मा, सकृय सदस्यहरू हेम अबिरल, सुमन थापा, अनिता बस्न्नेत, इन्दिरा बस्नेत, सुवास श्रेष्ठ, लक्ष्मी बस्नेत, लक्ष्मी श्रेष्ठ, अंसु राउत, अजय पाण्डे, सन्तोष बगाले, सागर भण्डारी  र रुपना कार्की  लगयात  मिलिजुली परिवारका करिब ३ दर्जन सदस्यको सहभागीता रहेको थियो ।