६ भदौ, काठमाडौँ– नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम नवगठित नेकपा एकीकृत समाजवादीमा नरहेको उनको सचिवालयले जनाएको
छ ।
उपाध्यक्ष गौतम नेकपा एमालेमै रहेको आईतबार उनको स्वकीय सचिव दीपक टमाटाले स्पष्ट पारेका हुन् ।
उनले पछिल्लो समय उपाध्यक्ष गौतम माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा गएको साथै मन्त्री बन्दै भन्ने शिर्षका समाचारमा कुनै सत्यता नरहेको टमाटाले बताएका छन्
उक्त बिषयलाई टमाटाले गौतमको चरित्र हत्या गर्ने प्रयोजनले समाचारहरु प्रकाशित गरिएको भन्दै आलोचनासमेत गरेका छन् । उनले एमालेको नेतृत्वको कार्यशैलीप्रति भने लामो समयदेखि मतभेद राखेपनि पार्टीबाट भने नबाहिरिएको उनले स्पष्ट पारेका छन्

प्रतिक्रिया