काठमाडौंमा भदौ महिनाभित्र ३०१ जना मानिस हराएको उजुरी परेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार २४६ जना फेला परेका छन्। हराउनेमा ८६ महिला, ७७ पुरुष, ५८ बालक र ८० बालिका छन्। फेला पर्नेमा ७१ महिला, ५७ पुरुष, ५० बालक र ६८ बालिका रहेका छन्।
परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार भदौमा प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा एक हजार ११५ उजुरी दर्ता भएका थिए, जुन सबै फर्छ्यौट गरिएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत आएका ३०० उजुरी पनि फर्छ्यौट गरिएको उनले जानकारी दिए।
अपराध अनुसन्धानतर्फ भदौमा काठमाडौंमा ८७८ मुद्दा दर्ता भएका थिए।
थप तल हेर्नुस्
















प्रतिक्रिया