(सुमन थापा)

भाद्र ६- काठमाडौं- गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारले गत बिहिबार इटहरीमा रहेको “माया घर नेपाल” बालगृहमा ३५ हजार बराबरको  खाध्यन सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।

गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारको सहकार्यमा क्यानाडामा रहेका कल्याण थापाले आफ्नो छोरा क्यानिथ थापाको जन्मदिनमा मिलिजुली परिवारलाइ पठाएको नगद रु २५ हजार र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको तर्फबाट रु  १० हजार गरि जम्मा ३५ हजार बराबरको खाद्यान्न सामग्री इटहरीमा रहेको “माया घर नेपाल” बालगृहमा हस्तान्तरण गरेकोछ ।

हाल माया घर बालगृहमा १०० जना बालबालिका बस्दै आएको बालगृहका संचालक सन्देश थापाले जानकारी दिनुभयो ।