(सुमन थापा )
भाद्र २ काठमाडौ- गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले धारन स्थित बालगृहमा ४१ हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ गत बुधबार धरानस्थित इमानुयल बालगृहमा आश्रति रहेका २० जना बालबालिका लागि गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले रु ४१ हजार बराबरको  २० थान बेडसिट, २० थान सिरानी र आबश्यक खाद्यान्न सामाग्री बितरण गरेको छ । उक्त कार्यक्रमको संयोजन धरान निवासी टिकटक मिलिजुली परिवारका सक्रिय सदस्य मदन राइले गर्नु भएको थियो ।

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारकी संरक्षक रारा सैजु बाट रु २१ हजार, मिलिजुली परिवारकी सल्लाहकार अमृता भट्टराई बाट रु ५ हजार तेस्तै मिलिजुली परिवारका सकृय सदस्य ज्ञान बहादुर लामा बाट रु ५ हजार र मिलिजुली टिकटक परिवार कोष बाट रु १० हजार गरि जम्मा रु ४१ हजार संकलन गर्दै ३१ औ कार्यक्रम सम्पन्न गरेको मिलिजुली परिवारका सल्लाहकार माधव शर्माले जानकारी दिनु भयो ।

उक्त बालगृहमा रहेका बालबालिकाका लागि कोशेली छाला जुत्ता उद्योगका संचालक रबिन कुमार श्रेष्ठले  २० जोर जुत्ता उपलब्ध गराउनु भएकोछ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले गरेको सबै कार्यक्रममा कोशेली छालाजुत्ता कम्पनीले सहयोग पुर्‍याउदै आएको छ । उक्त परिवारले यहि साता ५ जना बिरामिलाइ सहयोग रकम हस्तान्तरण गर्ने तयारी गरेको संरक्षक रारा सैजुले जानकारी दिनुभयो ।