अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङभित्र बिहीबार केही शव तारजालीमा अड्किएको अवस्थामा फेला परेका छन्।
नेपाली सेनाका अनुसार ती शवहरू बाहिर निकाल्न निकै जटिल रहेको छ। तारजालीमा अड्किएको अवस्थामा ठ्याकै कति शव छन् भन्नेबारे यकिन भइसकेको छैन।

‘ठ्याकै यति नै भनेर पत्ता लागिसकेको छैन। जालीभित्र भएकाले निकाल्न गाह्रै पर्ने देखिएको छ। कोसिस गरिरहेका छैन।’ प्रहरी स्रोतले भन्यो।

प्रतिक्रिया