साउन २१, काठमाडौं-नेकपा एमालेको माधव नेपाल पक्षीय बैठकमा ७० जना भन्दा बढी केन्द्रीय समिति सदस्य सहभागी भएको दावी गरिएको छ ।

माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दियो । यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ । केन्द्रिय कमिटी बैठक अघि स्थायी कमिटीको बैठक बसेको थियो ।

आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।