साउन २१, काठमाडौं- नेकपा एमाले माधव नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्ष मान्न नसकिने बताएको छ ।

बिहीबार स्थायी कमिटी बैठक अघि पत्रकारहरुसँग कुरा गर्दै नेपाल पक्षका नेता मेटमणी चौधरीले एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाउने कुरा सम्भव नभएको बताए । उनले एमाले एक हुन नदिए नयाँ पार्टी गठन गर्नुपर्ने बताए ।

‘एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ । एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन’, अबको बिकल्प भनेको माओवादी केन्द्र, उपेन्द्र यादव सहितको सबै कम्युनिस्ट घटक मिलेर ठुली पार्टी निर्माण गरेर अगाडी बडनु पर्ने नेता चौधरीले बताएका छन ।

नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पनि केहीबरेपछि बस्दैछ । पार्टी र सरकारको धारणा बनाउन नेता नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।