सुमन थापा )

साउन २०, काठमाडौं-गणेशमान कृष्णप्यारी स्मृति प्रतिस्ठान एवम मिलिजुली परिवार बाट, समाजसेवी गणेशमान सैन्जु को स्मृति दिवसको अवसरमा स्व. किशन बन्जाडेको बिपन्न परिवार लाई अर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सामाजिक सेवामा सकृयता देखाउदै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिस्ठान एवम मिलिजुली टिकटक परिवारले  बन्जाडे परिवारमा दु:खद घटना घटेको र परिवारको कमजोर आर्थिक अवस्था देखि उक्त सहयोग हस्तान्तरण गरेको मिलिजुली परिवारका सल्लाहकार माधव भट्टराईले  जानकारी दिनु भयो ।

सियारी गाउपालिका- ४ रुपन्देही निवासी बन्जाडे परिवारमा एक पछि अर्को गर्दै अत्यन्तै दुःखद घट्ना घटेको थियो, ५ महिना को काखे बालक को मृत्यु त्यसपछि बुवाको मृत्यु, श्रीमती बिरामी भएर धेरै उपचार पछि निको भएको र श्रीमान् वैदेशिक रोजगारी को लागि गत असार २६ गते जान तयार थिए  तर कोभिड-१९ ले २३ गते नै दुखद निधन भएको थियो ।

यस्तो दर्दानक पिडामा रहेको  परिवारलाइ केही सहयोग होस भनी नगद  ५० हजार ५५ रुपैया एवम गणेशमान कृष्णप्यारी ट्रस्ट बाट ४ महिना को बच्चालाई पौस्टिक आहारको लागि प्रतेक महिना रु १००० को दरले १ बर्ष सम्म प्रदान गर्ने गणेशमान कृष्णप्यारी स्मृति प्रतिस्ठान एवम मिलिजुली परिवारका संरक्षक रारा सैजुले बताउनु भयो ।

गणेशमान कृष्णप्यारी ट्र्स्ट बाट बच्चा को लागि १ बर्ष सम्म पौस्टिक आहार को लागि प्रतेक महिना नगद रु १००० र १ बोरा चामल, बच्चा ठूलो भए पछि छात्रवृत्ति को ब्यवस्थापन तेस्तै गगन थापा बाट रु २००००, अमृता भट्टराई एवम मिलिजुली टिक्टक परिवार कोष बाट रु १००००, बिमल सेन्चुरी बाट रु ५०००, बिनिता श्रेष्ठ बाट रु ५०००, रमेश बस्याल बाट रु ५०००, लक्षमण नाथ योगि बाट   रु २०००, RN. घिमिरे बाट  रु१५००, ज्ञान बहादुर लामा बाट रु १०५० बिकाश ब्लोन काठमाडौ रु ५०५ गरि जम्मा ५० हजार ५५ रुपैयाँँ   रकम  संकलन गरि हस्तान्तरण गरेको परिवारका सल्लाहकार भट्टराईले  जानकारी दिनुभएको छ ।