१८ साउन, काठमाडौं- राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल (पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई • पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन ग¥यो ।

यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उडडयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।