नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमै टेस्ट राष्ट्र बंगलादेशसँग ऐतिहासिक द्विपक्षीय शृङ्खला खेल्ने भएको छ।

आगामी सन् २०२७ मार्चमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीच रोमाञ्चक भिडन्त हुने तय भएको हो।

खेल तालिकाअनुसार नेपाल र बंगलादेशबीचको तीन खेलको शृङ्खला सन् २०२७ मार्च २६ देखि सुरु हुनेछ। दोस्रो खेल मार्च २८ र तेस्रो तथा अन्तिम खेल मार्च ३० मा त्रिवि मैदानमा खेलाइनेछ।