१६ असार, काठमाडौँ -गायक तथा संगितकार योगेश्वर अमात्यले छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई उपहार स्वरुप टेलिस्कोप प्रदान गर्नुभएको छ । उपहार ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक रुपा मानन्धरले विद्यालयमा खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन प्रभावकारी हुने बताउनु भायो । लामो समयदेखी नेपाल एष्ट्रोनोमिकल सोसाइटीसँग सहकार्य गर्दै आएको उक्त विद्यालयले टेलिस्कोपको सही सदुपयोगबाट विद्यार्थीहरु लाभान्वीत हुने विश्वास गरेको सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनु भयो ।

विद्यालयमा खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययनका क्रममा कतिपया अवस्थामा प्रयोग गरेर देखाउनु पर्ने हुन्छ । तर आवश्यक सामाग्रीको अभावमा व्यवहारीक नहुने हुँदा सैद्धान्तीक कुराहरुमात्रले विद्यार्थीहरुलाई नपुग्ने भएकोले यस्तो सहयोग निकै महत्वपूर्ण भएको संगितकार अमात्यले बताउनुभयो । जसरी संगित सिक्दा हाम्रोनियम आवश्यक हुन्छ त्यस्तै खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययनमा यस्ता सामाग्रीहरुआवश्यक हुने उहाँले बताउनुभयो । आगामी दिनहरुमा पनि सक्ने सहयोग गर्ने गायक ताथा संगितकार अमात्यले बताउनु भयो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको खगोल तथा अन्तरिक्ष विज्ञान प्रतिको रुचि बढाउन यस्ता प्रयोगात्मक विधिहरुको निकै ठुलो भुमिका रहने यस उपहार प्रदान कार्यक्रमलाई समन्वय गर्नुहुने इन्जिनियरीङ्गका अर्केत महर्जनले बतउनुभयो । उहाँले यसरी सामुदायीक विद्यालयमा खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययनलाई हौसला दिनुभएकोमा संगितकार महर्जनलाई धन्यवाद दिनुभयो । गायक तथा संगितकार महर्जले जब संध्या हुन्छ दिल मेरो घबराउछ, लैजा चरी, बाह्र बर्ष लगायत दजनौ गित लाखौँ स्रोताहरुले निकै रुचाइरहेका छन् ।