राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलले भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भएकाहरूका परिवारका लागि दीर्घकालीन राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।
बुधबार संसदमा बोल्दै उनले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा हजारौं नागरिकको ज्यान गएको र हजारौं बेपत्ता रहेको भन्दै यस्तो बताएका हुन्। सो अवसरमा उनले आफ्नो जिल्ला ओखलढुंगाका ३० जना अझै बेपत्ता रहेको बताए।
बेपत्ता परिवार शोकमा रहेको भन्दै पोखरेलले फेला परेका शवको पहिचानको काम छिटो गर्न सरकारसँग आग्रह गरे। ‘बेपत्ताका परिवारहरू सरकारको ठुलो आशा, अपेक्षा र विश्वासमा बाँचेका छन्,’ उनले भने।
उनले बाढीमा ज्यान गुमाउने परिवारका लागि शिक्षा, स्वास्थ्य र रोजगारीलगायत क्षेत्रमा दीर्घकालीन राहत प्याकेज तत्काल घोषणा गर्न माग गरेका हुन्।

प्रतिक्रिया