प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण आजदेखि सुरु हुने भएको छ।

सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार हालसम्म भएका काम र आगामी योजनाबारे सचिवालयले समितिका सदस्यलाई जानकारी गराएको थियो।

प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षण सुरु गर्न लागिएको हो।