काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । क्रियाशील सदस्यता विवरणमा नमिलेका केही स्थानमा सहमति कायम गरेर समितिले प्रतिवेदन बुझाएको हो । यस अघि अपुरो प्रतिवेदन पेश गरेको समितिले केही स्थानमा पुनः सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगो लागेको समितिले जनाएको छ ।

समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो ।

सोही प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल गरि बाकी रहेका समस्या समाधान गर्न केन्द्रिय नेताहरूलाई ५ दिनको समय दिने आजको बैठकले निर्णय गरेको काङ्ग्रेस नेता रमेश लेखकले जानकारी दिनु भएको छ ।