१४ साउन, काठमाडौं- कोरोना विरुद्धको खोप ‘भेरोसेल’ को पहिलो मात्रा लगाउन छुटेका सर्वसाधारणलाई काठमाडौं महानगरपालिकाले आजदेखि पुनः खोप लगाउन सुरु गरेको छ ।

महानगरपालिकाले यसअघि खोपको पहिलो मात्रा लगाउन छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने जनाएको छ ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ ।

यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ ।