१० साउन, काठमाडौँ- पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आवहान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपालले केही लगानीमैत्री कानून र नियमहरू बनाएको भए पनि लगानीमा अवरोधहरू अझै बाँकी रहेको बताइएको छ

अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको ‘२०२१ इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स’ का अनुसार ऊर्जा, पर्यटन, सूचना र सञ्चार प्रविधि (आईसीटी), पूर्वाधार र कृषिलगायत क्षेत्रमा नेपालमा पर्याप्त लगानीको सम्भावना छ तर नेपालको आन्तरिक कारणले गर्दा अझै लगानीका अवरोधहरू हट्न सकेका छैनन् ।

नेपालमा वैदेशिक भित्र्याउन राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो सरकारी प्रणाली तथा कानूनको कार्यान्वयनमा शिथिलताले नै अप्ठ्यारो पारिरहेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।