आज ३१ जिल्ला र आसपासका क्षेत्रमा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, दैलेख र अछाम तथा आसपासका जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
ती जिल्लाका स-साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा रहने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



प्रतिक्रिया